प्रतिनिधिसभा विघटन मुद्दा अब फैसलाको चरणमा, पेसी आज

फागुन ११, २०७७     सम्पूर्ण कुरा


प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा आज पेसी तोकिएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको उक्त मुद्दामा अब फैसलाको प्रतिक्षा छ ।

पछिल्लो समय सर्वाधिक चासोका साथ हेरिएको सो मुद्दामा रिट निवेदक र विपक्षी दुवैतर्फका वकिलको बहस सकिएको छ । अदालतले यो मुद्दामा एमिकस क्युरी बोलाएकामा उनीहरुले पनि आफ्नो राय दिइसकेका छन् ।

दुवैतर्फका वकिलको बहस र एमिकस क्युरीको राय सकिएपछि सो मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । निकै चासोका साथ फैसलाको प्रतिक्षा गरिएको सो मुद्दामा आजदेखि जहिलेसुकै फैसला हुनसक्ने सम्भावना छ ।