संसद पुनः स्थापनाको देशभर स्वागत र उत्साह, दाङमा दिप प्रज्वलन गर्दै माननीय हिराचन्द्र केसि सहित वरिष्ठ नेताहरु

फागुन ११, २०७७     शरद रेग्मी


सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।

आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । यसै बिच संसद पुनःस्थापनको दाङ सहित देशै भरी स्वागत तथा उत्साह थपिएको छ । दाङका मुख्य बजारहरुमा माननीय हिराचन्द्र केसी लगायतका वरिष्ठ नेताहरुले दिप प्रज्वलन गरेका छन । दिप प्रज्वलन कार्यक्रममा बोल्दै सांसद हिरा चन्द्र केसि ले संसद पुनःस्थापन भएपछी देशको संविधानले पनि जीवन पाएको बताएका छन । अब देशमा राजनीतिक स्थिरता हुने समेत उनले बताए ।