युएनबिसीले जित्यो लखन थापा स्मृति कप फुटबल को उपाधी

फागुन १२, २०७७     लक्ष्मण बस्नेत



दाङको तुलसिपुरमा संचालित नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ को उपाधी युएनबिसी घोराही ले हात पारेको छ ।
नेपाल मगर युवा संघ तुलसिपुर को आयोजना तथा नेपाल मगर संघ तुलसिपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापन मा तुलसिपुर अरनिको मैदानमा सम्पन्न फाईनल खेलमा युनाईटेड युथ क्लब तुलसिपुर लाई १ का विरुद्ध ३ गोल अन्तर ले पाखा लगाउदै युएनबिसी ले उपाधी हात पारेको हो । उपाधी संगै उसले नगद १ लाख, कप मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा फाईनलमा हार ब्यहोरेको युनाईटेड उपबिजेतामा सिमित रहदै नगद ५० हजार मा चित्त बुझाउन बाध्य भयो । उल्लेख्य दर्शकको उपस्थिती मा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा युएनबिसी का तर्फ बाट खेलको १५ औ मिनेट मा जर्सी न १० का एन्जस रोका ले पहिलो गोल गरे त्यस्तै जर्सी न ७ का बिक्रम बिक ले खेलको ३३ औ मिनेटमा गोल गरे भने ५६ औ मिनेट एन्जस रोका ले थप १ गोल गर्दै टिम लाई ३-१ को जित दिलाउन सफल भए ! युनाईटेड का तर्फ बाट खेलको ६६ औ मिनेटमा जर्सी न ७ सन्दिप बिक ले जवाफी गोल गरे ।
जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्ति का लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,डिएन दहाल,बिनोद बिक,सुरेन्द्र चौधरी र आदेश केसि रहनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिएको प्रतियोगिता मा जिल्लाका २४ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिता को समापन समारोह आयोजक क्लबका अध्यक्ष घनश्याम पुनको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना मगर,नेपाल मगर संघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तिमगर,नेपाल मगर बुद्ध सेवा समाज लुम्बिनी प्रदेश उपाध्यक्ष बलभद्र कुसारी को बिशिस्ट आतिथ्य मा भएको थियो ।
प्राबिधिक संयोजक ईन्द्र पुनको स्वागत रहेको कार्यक्रममा खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ युनाईटेड क्लबका सन्दिप बिक बेस्ट प्लेयर, एसएसएफए तुलसिपुरका निशान डागी राईजिङ प्लेयर,बेस्ट डिफेन्स युनएनबिसी का दिपेन सिङ ठकुरी,बेस्ट् स्कोरर युएनबिसिका आकाश बुढामगर, मिड्फिल्डर युनाईटेड का निशान न्यौपाने, बेस्ट स्टाईकर युनबिसिका एन्जस रोका, बेस्ट किप्पर युएनबिसिका जिनेश केसि, बेस्ट कोच युएनबिसिका सन्दिप ओलि,बेस्ट टिम म्यानेजर युनाइटेड का प्रीती भण्डारी र फेयर प्लेय टिम नवलपुर फुटबल क्लब लाई घोषित गरिएको थियो । त्यस्तै सो अबसरमा १३ औ साग प्रतियोगिता मा दाङ जिल्ला बाट नेपालको प्रतिनिधित्व गर्दै खोखो खेलमा मेडल दिलाउन सफल खेलाडी तथा प्रशिक्षक लाई सम्मान गरिएको थियो ! प्रशिक्षक उषा कवर मगर,रजत पदकधारि खेलाडी सुमित्रा चौधरी,कास्यपदक पदकधारी खेलाडी बेद बहादुर ओलि सम्मानित हुनु भएको हो ।
नेपाल मगर संघ तुलसिपुर कमिटी का अध्यक्ष राम कुमार घर्तिले संचालन गर्नु भएको कार्यक्रममा मगर संस्कृती झल्कने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।