नेकपा सांसद : ५१ प्रतिशत प्रचण्ड–नेपाल समूहमा, ४८ प्रतिशत ओली समूहतिर

फागुन १३, २०७७


फागुन १३, नेकपाको संसदीय दलमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह बहुमतमा देखिएको छ । उक्त समूहमा ५२ प्रतिशत सांसद देखिएका छन् । अर्थात्, ८८ जना सांसद प्रचण्ड–नेपाल समूहमा खुलेका छन् । यस्तै, प्रधानमन्त्री केपी ओली समूहमा चार प्रतिशत कम अर्थात् ४८ प्रतिशत सांसद छन् । त्यो भनेको ८४ जना हुन् ।

सोही कारण कुल एक सय ७४ सांसद रहेको नेकपामा हाल एक सय ७३ जना मात्र छन् । इलाम स्थायी घर भएकी नेकपा समानुपातिक सांसद सानु शिवाको २८ असोजमा निधन भएको थियो । पार्टी विभाजन भएमा दुवैतर्फका गरी करिब १६ जनासांसद भने एकअर्को समूहमा जाने सम्भावना देखिएको नेपाल निकटस्थ एक नेताको आकलन छ ।

त्यसैले केन्द्रीय समितिमा स्पष्ट बहुमतमा देखिएको प्रचण्ड–नेपाल समूहले संसदीय दलमा भने ओली समूहबाट चुनौति सामना गर्नुपर्ने सम्भावना देखिएको नेपाल निकटस्थ ती नेताको भनाइ छ । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भने हालसम्म तटस्थ देखिएका छन् ।

यी हुन् प्रचण्ड–नेपाल समूहका सांसद ८८ जना

पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, सुदन किराती, शिवकुमार मण्डल, हेमकुमार राई, रामकुमारी चौधरी, अमनलाल मोदी, सुरेशकुमार राई, सुरेशचन्द्र दास, चाँदतारा कुमारी, दिलकुमारी, बोधमाया यादव, मातृकाप्रसाद यादव, धर्मशिला चापागाईं, इन्दुकुमारी शर्मा, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, शशि श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, अञ्जना बिशंखे, गंगाबहादुर तामाङ, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, यशोदाकुमारी गुरुङ सुवेदी, हरिराज अधिकारी, अमृता थापा, चुडामणि खड्का, दुर्गाकुमारी विश्वकर्मा, कमला रोका, टेकबहादुर बस्नेत, वर्षमान पुन, रामेश्वर राय यादव, शक्तिबहादुर बस्नेत, सत्य पहाडी, कृष्णबहादुर महरा, सुरेन्द्रकुमार कार्की, गिरिराजमणि पोखरेल, विना मगर, छक्कबहादुर लामा, राजवबहादुर बुढाक्षत्री, पार्वतीकुमारी बिशुन्के, दुर्गाबहादुर रावत, ध्रुवकुमार शाही, जनार्दन शर्मा, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, ओनसरी घर्ती, सन्तकुमार थारू, महेश्वरजंग गहतराज, गजेन्द्रबहादुर महत, चक्रपाणि खनाल, जीवनराम श्रेष्ठ, गणेशकुमार पहाडी, सरला यादव, पुष्पाकुमारी कर्ण कायस्थ, कृष्णलाल महर्जन, नारायणप्रसाद खतिवडा, कृष्णभक्त पोखरेल, मायादेवी न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, यज्ञराज सुनुवार, समिना हुसेन, जयकुमार राई, मेटमणि चौधरी, हीराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङ, झपटबहादुर रावल, यज्ञबहादुर बोगटी, निरीदेवी जैरु, डा। दीपकप्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डेय, विनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला खरेल, गंगा चौधरी, गोकर्ण बिष्ट, सुरेन्द्रप्रसाद पाण्डे, भैरवबहादुर सिंह, घनश्याम भुसाल, योगेश भट्टराई

यी हुन् ओली समूहमा खुलेका सांसदहरू ८४ जना

केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्बाङ, वसन्तकुमार नेम्बाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, शेरबहादुर तामाङ, रामवीर मानन्धर,राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुलप्रसाद बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छेपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णबहादुर श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भूपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, छविलाल विश्वकर्मा, दलबहादुर राना, बृजेशकुमार गुप्ता, नन्दलाल रोका क्षत्री, हृदयेश त्रिपाठी, रवीन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवबहादुर सिंह, विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, विना श्रेष्ठ, नवीना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, राधाकुमारी ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जीसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, विमला विश्वकर्मा, आशाकुमारी विक, जुलीकुमारी महतो, रेखाकुमारी झा, सरिताकुमारी गिरी, यज्ञ बोगटी, धनबहादुर बुढा, तुलसी थापा

तटस्थ
लालबाबु पण्डित