अध्यक्ष पदका सर्वाधिक लोकप्रिय दावेदार: अनुप कुमार श्रेष्ठ (राम दाई)

माघ २२, २०७७     सम्पूर्ण कुरा


व्यवसायिक तथा आर्थिक समृद्धिका लागि उम्मेद्धारी

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनले यतिवेला तुलसीपुर संगैसंगै व्यवसायिक क्षेत्रमा चासो राख्ने सबै तह र तक्पालाई तताएको छ । आउदो फागुण १ गते हुन गईरहेको तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि थुप्रै व्यक्ति बलिया दावेदारको रुपमा देखिएका छन् । अध्यक्ष पदको दावेदारका रुपमा देखिएका थुप्रै व्यक्तिहरु मध्ये सबैभन्दा बलिया दावेदार हुन अनुप कुमार श्रेष्ठ (राम दाई)।
दुई दशक अघि तुलसीपुर उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा निर्वाचित भई व्यवसायिक हक,हित तथा व्यवसायिक मूल्य मान्यतामा अडिग रहेर थुप्रै महत्वपूर्ण कार्य गरी आफ्नो कार्यकाललाई स्वर्णिम बनाएका अनुप कुमार श्रेष्ठ अहिले हुन गईरहेको तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनको अध्यक्ष पदका सर्वाधिक लोकप्रिय तथा बलिया दाबेदार हुन् । उनी तुलसीपुर स्थित रेडियो संजिवनीको संचालक समितीका अध्यक्ष हुन भने ओम्बी कम्वाईन फिल्म प्रा.ली.को अध्यक्ष समेतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका पात्र हुन् । यस्तै उनले जिल्लाका विभिन्न सामाजिक संघ संस्थामा महत्वपूर्ण जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।
लामो समयसम्म आफु अध्यक्ष पदका लागि दावेदार नभएको र अहिले आफु नै अध्यक्ष पदका लागि योग्य र बलियो दावेदारका रुपमा प्रस्तुत हुन लागेको उनले बताए । आर्थिक क्षेत्र चलायमान बनाउनका लागि आफु निर्वाचित भए पश्चात संघ,प्रदेश र स्थानिय सरकार संग सहकार्य गर्दै अघि बढ्ने र व्यवसायिक ऐजेण्डा स्थापित गर्न हरेक व्यवसायिहरुलाई एकताबद्ध बनाएर अगाडि बढाउने समेत उनले बताए ।
तुलसीपुर क्षेत्रमा रहेर उद्योग वाणिज्य संघमा नेतृत्व गर्दा होस वा आफ्नै व्यापार व्यवसाय संचालन गर्दा होस हरेक व्यवसायिका अनेकौ समस्याहरुलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकाले व्यवसायिक क्षेत्रमा रहेका विद्यमान समस्याहरुलाई सफलतापूर्वक निराकरण गर्नु मेरो पहिलो धर्म भएकाले जुनसुकै हालतमा अध्यक्ष पदको उम्मेद्धार बाट आफु पछि नहट्ने समेत उनले बताए । तुलसीपुर क्षेत्रको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि बजार क्षेत्रमा रहेका विभिन्न समस्याहरुलाई समाधान गर्दै जाने र शान्ति सुरक्षाको राम्रो प्रवन्ध मिलाउने गरी आफुले काम गर्ने उनले बताए ।
करिव दुई दशक लामो व्यवसायिक यात्रामा उद्योग वाणिज्य संघको चुनावमा आफुले जहिले पनि अन्य उम्मेद्धारलाई भरपूर सहयोग गर्दै आएको र अव अध्यक्ष बन्ने पालो आफ्नो आएको बताउदै सबै साथिहरुलाई सहमतीको वातावरण सिर्जना गरी आफुलाई अध्यक्षमा सर्वसम्वत बनाउन उनले सबैमा आग्रह समेत गरेका छन् । यदि निर्वाचनको वाटो तय भयो भने व्यवसायिक तथा आर्थिक समृद्धिका लागि हरेक व्यवसायिहरुले आफैलाई मतदान गरी अध्यक्ष पदमा विजय बनाउने पनि उनले बताए ।