विश्व कीर्तिमानी संगीतकार श्रेष्ठको ‘पुरानो घाउ’

माघ २२, २०७७


काठमाडौ, २२ माघ।

विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीतमा अन्जु पन्तले स्वर भरेको ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र प्रसाईं ‘परिष्कृत’को शब्द रहेको गीत निकै मार्मिक छ। यो गीतको भिडियोमा विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ।

सार्वजनिक भिडियोमा अहिले नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक खोजिने र रुचाइएको जोडीमध्ये एक आकाश श्रेष्ठ र पूजा शर्माको जोडी फिचरिङ भएका छन्। देवेन्द्र पाण्डेयले निर्देशन गरेको गीतको भिडियोमा आकाश र पूजाको मायाप्रेम संगै बेदनालाई पनि निकै आकर्षक ढंगले देखाइएको छ।