सपना पूरा हुदा खुशीले प्रफुल्लित यज्ञ

माघ २४, २०७७     शरद रेग्मी


करीव ४ बर्षदेखिको सभाहलको सपना पुरा भएको छ । कम्तिमा ६ सय भन्दा बढि व्याक्ति अटाउने सभाहलको परीकल्पना विभिन्न स्थानमा भए, घोराहीमा पनि नगर विकाश समितिलाइ नेपाल सरकारले बजेट विनियोजन गरेर सभाहल बन्दै छ । तर तुलसीपुर उद्योग वाणिज्यसंघको आह्वानमा र सम्योजनमा दुइ बर्षमै सभाहल निर्माण भएर सांचो हस्तान्तरण गर्दा जग्गा दाता यज्ञ केसी धेरै खुसि थिए अनि सामाजिक काममा फेरी पनि हात फैलाउने उद्घोष समेत गरे ।
तुलसीपुर उद्योग वाणिज्यसंघको सभाहल निर्माणको अभियन्तानै यज्ञ केसी थिए । उनले व्यक्तिगत रुपमा दोघरेमा कम्तिमा ४ कठ्ठा जग्गा सभाहलकालागी दिए । त्यो वेला प्रतिकठ्ठा जग्गाको भाउ मोटामोटि एक करोड मुल्य वरावरको थियो, तर उनले जग्गालाइ पैसाका रुपमा नलेख्न पनि आग्रह गरे । त्यसैमा तुलसीपुर उद्योग वाणिज्यसंघले थप एक कठ्ठा जग्गा किनेर सभाहल निर्माणको प्रक्रिया अघि बढायो । अन्ततः तुलसीपुरमा व्यवसायीहरुकै प्रयासमा सभाहल निर्माण भयो । तुलसीपुर उद्योग वाणिज्यसंघको २६सौं साधारणसभामा सभाहलको सांचो तात्कालिन अभियन्ता विमल रिजालले अहिलेका अध्यक्ष विरु रावतलाइ दिए । यज्ञ केसीले व्याकवेन्चबाट आफुलाइ हसाइरहेका थिए, किनकि जग्गा दिने अभियन्ता यज्ञ वहादुर केसी थिए, त्यहि जगमा तुलसीपुर उद्योग वाणिज्यसंघले आधुनिक सभाहल निर्माण गर्यो ।
सभाहल तुलसीपुर उद्योग वाणिज्यसंघले बनायो, तर संकट परेको अवस्थामा कोभिड अस्प्ताल सन्चालनकालागी निशुल्क दिन पनि तयार थियो, तुलसीपुर उद्योग वाणिज्यसंघ, तर कोभिडको संक्रमण क्रमश कम भैरहंदा अव सवैकालागी सभाहल खुल्ला भएको छ । सवैले यसको सदुपयोग गर्न सक्ने छन् । ‘मैले जस लिन चाहेको होइन, तर म आज असाध्यै खुसी छछु, किनकि यो एउटा सामुदायिक सभाभवन हो, जतन र संरक्षणसंगै स्वामित्व तुलसीपुर उद्योग वाणिज्यसंघले लिने छ’—यज्ञ केसीले भने । तर उनी तुलसीपुर उद्योग वाणिज्यसंघलाइ थप सशक्त बनाउनकालागी आगामि कार्यकालकालागी प्रत्यक्ष तर्फको उद्योग उपाध्यक्षमा चुनावी मैदानमा छन् । ‘उद्योग वाणिज्यसंघलाइ राजनितिक थलो भन्दा पनि व्यवसायीक थलो बनाउनकालागी एउटा टिममा मैले उद्योग उपाध्यक्षको भुमिका निर्वाह गर्नकालागी नेतृत्वदायी भुमिका लिन खोजेको मात्रै हो’—केसीले भनेका छन्, तर मेरो उम्मेदवारी सहमतीको बाधक भने होइन ।
मुलुक कोरोना भाइरसको संक्रमणमा रहिरहंदा उद्योगी व्यवसायीहरुले खेलेको भुमिकामा पनि उनी संगै जोडिए । कहिले लायन्स क्लव, कहिले रोटरी क्लव त कहिले उद्योग वाणिज्यसंघको तर्फबाटै संकटमा परेका यात्रुहरुलाइ खाना खुवाउने देखि गन्तव्यसम्म पठाउने अभियानमा जोडिए । उनको फेरी अर्को अपिल पनि छ, सकेसम्म तुलसीपुर उद्योग वाणिज्यसंघको सर्वसम्मत नेतृत्व चयन होस । व्यवसायीहरु पार्टिको झण्डामुखि बस्नु उपयुक्त होइन, पार्टिलाइ सम्मान गर्दै स्वच्छछ छवि भएका व्यवसायीहरुलाइ नेतृत्वमा ल्याउन पनि उनको आग्रह थियो ।