लखन थापा स्मृति कप फुटबल को तयारी तिब्र पारिदै

माघ २९, २०७७     लक्ष्मण बस्नेत



प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापाको स्मृतिमा दाङ तुलसिपुर अरनिको मैदान मा संचालन हुन लागेको लखन थापा कप जिल्ला स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७७ को तयारी लाई तिब्र पारिएको छ !
नेपाल मगर युवा संघ तुलसिपुर को आयोजना तथा नेपाल मगर संघ तुलसिपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला कमिटी दाङको संयुक्त ब्यबस्थापन मा यहि फागुन २ गतेदेखि सुरु हुुने प्रतियोगिता लाई भब्य एवं सभ्य बनाउन यतिबेला टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन,खेलमैदान मर्मत लगाएत को तयारी लाई तिब्र पारिएको आयोजकले जानकारी दिएको छ !
जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्ति का लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको हो !
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै २ दर्जन बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल समिती का संयोजक घनश्याम पुन ले जानकारी दिनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजनामा गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ ! त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः ५० र २० हजार नगद,मेडल तथा प्रमाणपत्र हात पार्ने संयोजक पुन ले जानकारी दिनु भएको छ !