आम मतदाताहरुमा गौतमको अपिल

माघ ३०, २०७७     सम्पूर्ण कुरा



भोली फागुन १ गते हुने तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा आफुलाई विजयी गराउन सहकोषाध्यक्ष पदका उम्मेदवार कमल गौतमले सवै मतदाताहरुमा अपिल गरेका छन ।
भोलि हुने निर्वाचनमा प्रजातान्त्रिक प्यानल बाट सहकोषाध्यक्ष पदका उम्मेदवार गौतमले तुलसीपुर उद्योग बाणिज्य संघको बिकास र आम व्यवसायीहरुको हितमा काम गर्नका लागि आफु निर्वाचनमा होमिएको वताए । गौतमले २४ सै घण्टा आम व्यवसायीको पक्षमा काम गर्ने समेत वाचा गरे । आफु उद्योग बाणिज्य संघमा निर्वाचित भएमा साना देखि ठुला व्यवसायीहरुलाई परेका समस्या समाधान गर्न दिनरात लागि पर्ने गौतमको भनाई रहेको छ ।
संघको आर्थिक क्षेत्र हेर्ने कोषाध्यक्ष पछिको पद भएको कारण पनी आफुले व्यवसायीहरुलाई आर्थिक रुपमा सवल र सक्षम वनाउन भुमिका निर्वाह गर्ने बताए । कोभिडले व्यवसायीहरुमा परेको समस्या , घरघाडाको समस्या , आन्तरिक राजश्व कार्यालयमा व्यवसायीहरुलाई पर्ने समस्या ,संघको आर्थिक श्रोत वलियो बनाउने देखि संघ भन्दा बाहिर रहेका आम व्यवसायीहरुलाई संघमा ल्याउने आफनो प्रमुख एजेण्डा रहेको बताएका छन ।
गौतम संग तुलसीपुर उद्योग बाणिज्य संघको सदस्य , नेपाल अटो व्यवसायी महासघको केन्द्रिय सदस्य , तुलसीपुर नमुना अटो भिलेजको वरिष्ठ उपाध्यक्ष , राप्ति अटो ईन्जिनियरिङ एशोसियसनको महासचिव भएर सफल रुपमा काम गरेको अुनभव छ ।