प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

फागुन १९, २०७७


फागुन १९, नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने बताएका छन् । उनले बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने जानकारी दिए ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । प्रतिनिधिसभाका सदस्य समेत रहेका डा‍. कोइरालाले भने, ‘नेकपालाई फुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन । उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने बताए ।