प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हट्दिनँ : देउवा
फागुन १९, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको नेतृत्व लिने जिम्मेवारी आए आफू पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा कांग्रेसका दिवंगत नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्रीका लागि आफू मरिनमेट्ने तर जिम्मेवारी लिनुपर्ने अवस्था आए पछि नहट्ने बताएका हुन् ।
प्रधानमन्त्री पदका लागि मरिमेट्ने वा भाग्ने कुरा हुँदैन, उनले भने, काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ । म पछि हट्दिनँ, सभापति देउवाले कांग्रेसलाई पदको लोभ भने नभएको बताए । कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन, उनले भने काँधमा आएको जिम्मेवारी हामीले निभाउनुपर्छ ।