चलचित्र पत्रकार संघ मकवानपुरको वार्षिक साधारणसभा सम्पन्न

फागुन २२, २०७७


हेटौंडा २२ फागुन।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औं वार्षिक साधारणसभा भएको छ । शनिबार हेटौंडा–१७ को सालकपार्कमा साधारणसभा भएको हो । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको सभामा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख आतिथ्यता थियो ।

सभामा महासंघ केन्द्रीय महासचिव बिष्टले मुलुकमा पूर्णप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम रहनुपर्ने बताए । महासचिव बिष्टले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पु¥याउने कुनै गतिविधि हुन नहुने धारणा व्यक्त गरे । मुलुकमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई उनले अपिल गरेका छन् ।

चलचित्र पत्रकार संघ नेपाल (संगठन) उपाध्यक्ष कुवेर डंगोलले मकवानपुर चलचित्र छायांकनका लागि उपयुक्त भएको बताउँदै चलचित्र छायांकनबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्न सुझाव दिएका थिए । साधारणसभामा संघ स्थापनाका संस्थापक कार्यसमिति अध्यक्ष कुमार अधिकारी, उपाध्यक्ष सुनिता शर्मा लुईटेल, कोषाध्यक्ष सुधिरभद्र श्रेष्ठ, सह सचिव बालकृष्ण अधिकारी, सदस्यहरुमा रामशरण दुलाल, सुजन विडारी, कपिल खड्का, श्रद्धा ढुङ्गानालाई कदरपत्रले सम्मान गरिएको थियो । सभामा संघका सचिव श्रीराम अर्जुनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य पुरुषोत्तम सुबेदी, पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुर पूर्वअध्यक्ष राममणि दाहाल, जिल्ला अध्यक्ष हरि हुमागाईं, संस्थापक पदाधिकारी अध्यक्ष कुमार अधिकारी (पोष्टराज), प्रेस युनियनका निवर्तमान अध्यक्ष रुपेश दुलाल, प्रेस संगठनका सहसंयोजक एसपी शर्मा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार तथा चप संघका पूर्व उपाध्यक्ष प्रकाश दाहाल, कलाकार शुसान्त कुमार श्रेष्ठ लगायतले आफ्नो भनाइ राखेका थिए ।

सभामा मकवानपुरका चलचित्र निर्देशकद्धय गोबिन्द गौतम, रमेश राई, कलाकार अमिर गौतम, ध्रुव न्यौपाने, नाट्यकर्मी उज्वल शर्मा भण्डारी, मकवानपुर उद्योग वाणिज्य संघका सचिव काव्यमणि अधिकारी, हेटौंडा ६ का वडा सदस्य राजकुमर बास्तोला, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर संस्थापक पदाधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्ष भानुभक्त आचार्य, जिल्ला सचिव गणेश दर्पण अधिकारी, फोटो पत्रकार बागमती प्रदेश उपाध्यक्ष सुदीप शिवाकोटी, प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल, प्रेस संगठन मकवानपुर संयोजक अञ्जली थापा, शिक्षा पत्रकार मञ्च बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, चुच्चेखोला सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन दाहाल, जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, मकवानपुरका अग्रज पत्रकारहरु, समाज सेवी योग्यराज सापकोटा लगायत मकवानपुरका कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।