चलचित्र समीक्षक समाज नेपालको अध्यक्षमा लामा

चैत १६, २०७७


चलचित्र समीक्षक समाज नेपालको अध्यक्षमा दीपेन्द्र लामा चयन भएका छन् । फिक्सनको साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विभिन्न सञ्चार माध्यममा रहेर चलचित्र समीक्षा गर्दै आएका समीक्षकहरू सदस्य रहेको ‘फिक्सन’ नेपाल पत्रकार महासङ्घमा आबद्ध एसोसियट संस्था पनि हो ।

पत्रकार महासङ्घका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमिल्सिना र स्मृति ढुङ्गाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ । केन्द्रीय सदस्यमा लेनिन बन्जाडे, नरेश फुयाँल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् ।