‘जसले पत्रकारिताका लागि आफुलाई समर्पित गरे’

चैत २३, २०७७     डि.आर.एन



शरद रेग्मी,पत्रकारिता जगतमा कुनै नौलो नाम होईन । ६ ऋतुहरु मध्येको एक ऋतु (शरद) वर्षदिनमा केवल दुई महिनामात्र छाउछ तर त्यहि ऋतुहरुको विचबाट उव्जिएको एउटा नाम दुई महिनामात्र हैन वर्षभरी नै छाउछ त्यो पनि उत्साहपूर्वक । हो त्यहि जोश ,जाँगर,उत्साह,क्षमता र हिम्मत बोकेको नाम हो शरद रेग्मी ।

पत्रकारिता पेशाका लागि उनको नाम पर्याय नै हो भन्दा फरक नपर्ला । दाङ जिल्ला संगसंगै राष्ट्रिय स्तरमानै उनलाई नचिन्ने र नबुझ्ने मानिस विरलै छन् होला । युवा अवस्थामै पत्रकारिता क्षेत्रमा तरगं मच्चाउन सफल व्यक्ति हुन् शरद रेग्मी । उनको नाम,उनको कर्म,उनको धर्म,उनको पेशा,उनको जिवन जे–जे भने पनि त्यहि एउटा हो–पत्रकारिता ।

उनले आफ्नो जिवनकालमा अध्ययन पछि पत्रकारिता संगसंगै केहि समय व्यापार गरे । तुलसीपुरको मूख्य व्यापारिक केन्द्रमा उनको व्यापार राम्रो चलिरहेको थियो । व्यापार बाट कमाईकाज राम्रो थियो । तर पनि उनलाई त्यो व्यापार व्यवसाय तिर त्यति ध्यान गएन । उनको मोह,त्याग,तपस्या भनेकै पत्रकारिता पेशामा थियो । पत्रपत्रिकामा आफ्नो नामको बाईलाईनमा समाचार प्रकाशित गर्न उनी सधै तल्लिन हुन्थे । व्यापार गर्दा पनि त्यहि पत्रकारितामा बढि नशा भएकाले उनले अन्ततः राम्रो चलिरहेको आफ्नो फेन्सी पसल बिक्री गरे र होमिए पत्रकारितामा जगतमा ।

जिन्दगीमा जति आरोह–अवरोह आए पनि पत्रकारिता बिनाको जिवन कल्पना गर्न नसक्ने भन्दै पत्रकारिता क्षेत्रमा आफुलाई समर्पित गर्दै अगाडि बढाएका उनी डेढ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि जिल्लाकै अब्बल एवं लोकप्रिय पत्रकारको रुपमा चिनिन्छन् । उनै लोकप्रिय,सबैका मनमा बसेका शरद रेग्मी यो पटक भने आफुले आफ्नो जिवन समर्पित गरेको पेशाका लागि मूख्य संस्था मानिने नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेद्धार हुन् ।

चैत २५ गते हुन लागिरहेको निर्वाचनमा उनले आफ्नो पत्रकारिताको कर्मलाई थप मजवुत र उर्जाशिल बनाउन कोषाध्यक्ष पदमा उम्मेद्धारी दिएका छन् । रिपोटर्स क्लब दाङका अध्यक्ष समेत रहेका उनी तुलसीपुरबाट प्रसारण भैरहेको रेडियो सञ्जिवनी एफएमको स्टेशन म्यानेजर र एभिन्युज टेलिभिजनको दाङका सम्वाददाताको रुपमा काम गर्दै आएका छन भने विभिन्न सामाजिक संघ–संस्थाको महत्वपूर्ण नेतृत्व समेत गरिसकेका छन् ।

यति मात्र नभएर जिल्लाको पत्रकारिता पेशालाई माथि उठाउन उनी जिल्लामा बिभिन्न समयमा विभिन्न क्षेत्र सगं समन्वय र सहकार्य गर्न हर बखत तत्पर रहने गर्छन् । पत्रकारिता संगसंगै बिशेष गरि ब्यबसायिक क्षेत्रमा पनि सबैको मन जितेर लोकप्रिय पत्रकारको रुपमा स्थापित भएका शरद रेग्मीले नेपाल पत्रकार महासंघको निर्वाचन जित्ने पूर्ण आशा गरेका छन् । अनुज,अग्रज र सहकर्मी पत्रकारहरुबाट आफ्नै पक्षमा मत आउने विश्वास लिएका शरदले निर्वाचनमा जित हासिल गरे पश्चात सबैको मर्म अनुरुप कार्य गर्ने र पत्रकार महासंघलाई सम्पूर्ण पत्रकारहरुको भलाईमा समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तसर्थ तपाईको एक अमूल्य मत,अमूल्य पदमा,अमूल्य मान्छेलाई
#शरद रेग्मी,कोषाध्यक्ष पदका उम्मेद्धार
नेपाल पत्रकार महासंघ,दाङ शाखा