पल, सुधिर, प्रिज्मा र प्रिन्सीको छमछमी

चैत २७, २०७७


गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा समावेश ‘कस्तो सुहाको फुली’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सिएल शर्माको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा पल शाह, सुधिर श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय हेर्न सकिन्छ ।

वैशालु उमेरमा जानेर वा नजानेर गरिने प्रेमलाई भिडियोमा उतारिएको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिव समिरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारीको छायांकन छ ।