कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न

चैत २९, २०७७



लक्ष्मण बस्नेत
तुलसिपुर नगर स्तरिय सितोरियो कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न भएको छ ।
नेपाल सितोरियो कराते अरनिको डोजो तुलसिपुर ५ को आयोजनामा तुलसिपुर नगर क्षेत्रका विभिन्न स्थानमा डिजो संचालन गरेका स्वयंसेवक प्रशिक्षक लाई लक्षित गरि तालिम दिईएको हो ।
दाङ तुलसिपुर ९ बेलुवा कराते हलमा भएको दुई दिने तालिममा एउटा कुशल प्रशिक्षक ले प्रशिक्षण दिदा अपनाउनु पर्ने प्रक्रिया र पद्धति,अनुशासन,सन्तुलित आहार, रेफ्री ले खेल खेलाउदा ध्यान दिनु पर्ने आवश्यक सिद्धान्त र अभ्यास बारेमा अभ्यस्त गराईएको थियो ।
तालिममा नेपाल सितोरियो कराते प्रदेश न ५ का प्रमुख प्रशिक्षक बलराज नेपाली,कराते अस्थायी प्रशिक्षक पदम बहादुर बस्नेत ले प्रशिक्षण दिनु भएको थियो ।
सो अबसरमा स्वयंसेवक प्रशिक्षक,सिनियर तथा जुनियर खेलाडि गरि दुई सय पचास जनाको सहभागिता रहेको थियो ।