सहिमाको स्वरमा ‘साली देवर’ सार्वजनिक
चैत ३१, २०७७
काठमाडौं ३१ चैत।
गायक सन्तोष प्रगाढ र गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’को भिडियो सार्वजनिक भएको छ ।गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढकै संगीत तथा एरेञ्ज छ ।
डान्सिङ नम्बरको गीतको भिडियोमा पुष्प खड्का, मोनालिशा खतिवडा, प्रशंसा ढुंगेल, समीर तामाङ, महादेव त्रिपाठी, रेशम फिरिरि, शमशेरबहादुर राई फिचर्ड छन् ।
दामी नेपाल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा हरि लामा घलेको छायांकन, राहुल बराइलीको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।
रुपेश तामाङको निर्देशन रहेको भिडियोमा जीवन तामाङ र सरवन कुमार श्रेष्ठकाे निर्माण छ ।