कांग्रेस प्रवक्ता शर्माकी छोरी स्वीकृतीको ‘मिसले सोध्नु भो’ बजारमा

बैशाख ०३, २०७८


वैशाख ३, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृती शर्माको ‘मिसले सोध्नु भो’ बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक छोरीको गीतमा प्रवक्ता शर्माले संगीत भरेका छन् । गीतमा शर्मा कै शब्द तथा स्वरमा छ ।

गीतलाई शर्माको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो । उपत्यकाको केहि बिधालयमै सुटिङ गरिएको म्युजिक भिडियोलाई नवल नेपालले निर्देशन गरेका हुन भने मनोहर सुनाम एरेन्ज गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गायिका शर्मा सहित गीता रिजाल, शारदा लुइँटेल ,गोपाल घिमिरे तथा बाल कलाकार अन्भेक्सा कटुवालको अभिनय देख्न सकिन्छ । गीतले जन्म दिने बाबा, आमा र शिक्षा दिने गुरुहरुको महत्वलाई झल्काएको छ । गीतमा बाबा, आमा र गुरुआमा भगवानका रुप हुन् भन्ने सन्देश दिन खोजिएको छ ।