‘श्री’ युनिटले चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोषमा सहयोग ।।

बैशाख ०५, २०७८


‘श्री’ युनिटले चलचित्र पत्रकार संघ नेपालको ‘पत्रकार कल्याणकारी कोष’ अभियानमा सहयोग गरेको छ । निर्मात्री सविता, वितरक करण तथा अभिनेताद्वय सन्दीप र भोलाराजले नगद २५ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरे ।

फिल्मले दोस्रो हप्ता प्रवेश गरेको अवसरमा कल्याणकारी कोष वृद्धिका लागि सहयोग गरेको निर्मात्री गुरुङले बताइन् । सहयोग ग्रहण गर्दै चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले धन्यवाद दिए ।

हाम्रो अभियानमा जोडिनु भएकोमा आभारी छौ । यो थपिएको इँटा मार्फत खुट्किलो पार गर्दै अझै माथि पुग्नेमा विश्वस्त छौँ’ बलामीले भने ।