कुशल ‘प्लेअर अफ दी मन्थ’को मनोनयनमा

बैशाख २२, २०७८


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दी मन्थ’ अवार्डको मनोनयनमा परेका छन् ।

हालै सम्पन्न क्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पाँच खेलमा चार अर्धशतक प्रहार गरेका उनी अप्रिल महिनाको ‘प्लेयर अफ दी मन्थ’ अवार्डका लागि मनोनयनमा परेका हुन् ।

यही वैशाख ४ बाट ११ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिजमा कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा  डेब्युपछि लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।