राप्ति अञ्चल लिकर्स यसोसियसनद्वारा जिल्लाका ३ कोभिड अस्पतालहरुलाई ८६ हजार र पत्रकार महासघंलाई ११ हजार सहयोग

बैशाख २६, २०७८     सन्तोष केसी



राप्ति अञ्चल लिकर्स यसोसियसन दागले आज जिल्लाका बिभिन्न आईसोलेसन र कोभिड अस्पतालहरुलाई नगद ८६ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ ।
घोराहिको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान लाई २५ हजार,तुलसीपुरको आईसोलेसन अस्पताललाई २५ हजार,लमहिको कोरोना अस्पताललाई २५ हजार र नेपाल पत्रकार महासघंको आईसोलेलन सन्चालनका लागि ११ हजार रुपैया सहयोग गरेको राप्ति अन्चल लिकर्स यसोसियसनका अध्यक्ष दामोदर बुढाथोकिले जानकारि दिनुभयो ।
आज एक कार्यक्रमका बिच राप्ति अन्चल लिकर्स यसोसियसनका उपाध्यक्ष लोकेन्द्र खडका र सल्लाहकार जनक बुढाथोकिले आईसोलेसन निर्माण स्थलमै पुगेर तुलसीपुरमा मेयर घनश्याम पाण्डेलाई २५ हजार नगद सहयोग गर्नुभएको थियो ।
यसैबिच नेपाल पत्रकार महासघको आईसोलेसन सन्चालनमा सहयोह गर्न भन्दै तुलसीपुरमा महासघका कोषाध्यक्ष शरद रेग्मीलाई नगद ११ हजार रुपैया सहयोहग गर्नुभएको छ ।