जसपा संसदीय दलको नेतामा महतो चयन

बैशाख ३१, २०७८     सम्पूर्ण कुरा


जसपा संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । बिहीबार भक्तपुर डोलेश्वर भिलेज रिसोर्टमा बसेको बैठकले महतोलाई दलको नेता बनाएको हो ।

कुल ३२ मध्ये २० सांसदको सहमतिमा महतोलाई दलको नेता चयन गरिएको हो । त्यसमा २० जना सांसदको हस्ताक्षर छ ।

यससँगै जसपा फुटतर्फ अग्रसर भएको छ । महतोलाई दलको नेता बनाउने बैठकमा उपेन्द्र यादव समूह सहभागी थिएन ।