दाङमा दुई हप्ता लकडाउन थपियो
बैशाख ३१, २०७८ सम्पूर्ण कुरा
दाङमा थप दुई हप्ता लकडाउन थप गरिएको छ ।
जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्नुकासाथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अ अधिकारी दीर्घनारायण पौडेलले बताए ।
यस अघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।