कोरोना सङ्गको लडाई र जित्दाको खुशी

जेठ ०५, २०७८     संगीत बस्याल



काेराेना संगकाे लडाईमा मेराे जित भयाे ! मेराे रिपोर्ट नेगेटिभ आयाे । संसार रुवाईरहेकाे काेराना जित्नु सानाे कुरा हाे जस्तै लागेकाे छैन। आईसाेलेसनका 3/4 दिन वहुत कष्टकर रहे । अक्सिजन 86/87 सम्म भयाे , शरिरकाे दुखाई भनी साध्य छैन् । ज्वराे 102.4 निरन्तर , मनमा अब हुन्न केरे भन्ने ….मात्रै आउने । तर म तपाईहरु सबैकाे मायाले घरमै ठिक भए ।
याे कष्टकर समयमा फाेन गरेर ढाडस दिने मुख्यमन्त्री शंकर पाेख्रेल, घरमै आएर हाैसला बढाउने र म छु भन्ने मेयर घनस्याम पाण्डे, नेपाल पत्रकार महासङका अध्यक्ष दुर्गालाल केसी सहित वसुन्धरा गाैतम, सन्ताेष सुवेदी, शरद रेग्मी,कुलदिप न्याैपाने,ओपेन्द्र बस्नेत, गाेकर्ण पाैडेल, साथिहरु वामदेव न्याैपाने, लिलाधर केसी, विमल केसी, , केशव वली, अर्जुन न्याैपाने , ससुरा वुवा, अंकल ससुरा , र आफन्त , निरन्तर फाेन सम्पर्क गर्ने प्रिय साथिहरु र आफन्तहरु …….!
औषधी उपचारमा संलग्न डा. ज्ञानेन्द्र पाण्डे ,साथिहरु जेपी वली , भाउजू काैशिला वली !
प्रत्येक दिन फाेन सम्पर्कमा रहनुहुने वसन्त आचार्य दाइ, पार्टिका वडा अध्यक्ष मुक्ति प्रसाद भट्टराई , मेघराज याेगी, धुर्वराज न्याैपाने, सन्ताेष केसी, लगाएत सबै साथिहरु ।
मलाई फाेन, sms गर्नु भएका तर मैले रिसिभ ,रेस्पाेन्स गर्न नपाएका राष्ट्रियसभा सदस्य जग प्रसाद शर्मा , पत्रकार साथिहरु, वडाका साथिहरु , आफन्त , ईष्टमित्र सबैलाई सम्झिएकाे छु । तपाईहरुकै सद्भाव ,कामना हाैसला र प्रेमले नै मैले काेराेना संगकाे कठाेर लडाई जित्न सफल भए।
बुवा आमा, श्रीमती , भाइ/ बुहारी , बहिनी, छाेराहरुले गरेकाे माया , स्याहार र कामना नै मेराे लागि सञ्जिवनि बुटि भयाे र मलाई ठिक भयाे ।
सम्बन्ध नजिक भएर , थाहा पाएर पनि विर्सिने साथि र आफन्तहरु , मास्क लगाउन चाहिँ नविर्सनुहाेला , अबस्था साह्रै गम्भीर छ , साह्रै गाह्राे हुदाे रहेछ ।
काेभिडका विरामी जसले याे पढ्दै हुनुहुन्छ, हिम्मत , आँट र खानपिनमा जाेड गर्नुहाेला , पक्कै निकाे हुन्छ । तपाईहरु सबैकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।
नजिकका आफन्त, साथिहरु र छिमेकि गुमाउनुकाे पीडा कम भएकै छैन् ।
२१ दिनकाे याे आईसाेलेसन बसाईले जीवन र सपनाहरु प्रतिकाे मेराे दृस्टीकाेण थप फराकिलाे बनाएकाे छ ।
यति लेखिरहदा हाम्री आमाकाे पनि स्वास्थ्यमा करिब करिव पुर्ण सुधार आएकाे जानकारी गराउदछु ।
मलाई विश्वास छ , याे स्थिति छिट्टै सामान्य हुने छ र हामी आ-आफ्नाे दैनिकिमा फर्कन पाउने छाै । आउने समय हाम्राे लागि सुन्दर हुनेछ । धन्यवाद ।