प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)

जेठ १३, २०७८


काठमाडौ १३ जेष्ठ।
गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ अर्थात शैलुङ्को सोल्टिनी स्रोता/दर्शकमाझ आज सार्वजनिक भएको छ। बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक भएको गीत ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

यस गीतमा शव्द अमेरिका निवासी कलाकार प्रेम गुरुङको रहेको छ भने मनोज गुरुङको स्वर सुन्न सकिन्छ । गीतको भिडियो गुरुङ गीतकै इतिहासमा पहिलो पटक अमेरिकाका बिभिन्न शहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ्मा छायांकन गरिएको छ। यस गीतमा तेजेन्द्र गुरुङको सङ्गीत र एरेन्ज रहेको छ ।

भिडियोमा चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले नै निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङले मनमोहक अभिनय गरेका छन् । नेपालबाट अमेरिकामा गर्नुपर्ने दृश्यहरु अनलाइन भरचुल्ली निर्देशन गरेका निर्देशक भुपेन्द्र गुरुङको गुरुङ भाषाको भिडियोको निर्देशन भने पहिलो हो । भिडियो हेर्दा निर्देशनमा कुनै कसर बाँकी छोडेका छैनन् उनले । भिडियोलाइ शम्भु मोक्तानले अमेरिकामा र रवीन थापा मगरले नेपालमा छायाँकन गरेका हुन् ।

बन्दे प्रसादले सम्पादन गरेको भिडियोमा भिएफएक्स र कलर समिर मियाँले गरेका छन् । भिडियोको प्रोडक्शन संयोजक आश्रम गुरुङले शृंगार शर्मिला गुरुङ सहनिर्देशन उमेश थापा मगरको रहेको छ ।

गितकार चर्चित गुरुङ फिल्म ‘मैंरिमो’ का नायक तथा निर्माता प्रेम गुरुङले ‘शैलुर्बे ङोल्स्यो’ अर्थात ‘शैलुङको सोल्टिनी’ बोलको गीत तयार पार्नुभएको हो ।

लमजुङको रमणीय गाउँ क्व्हालोसोंथर गाउँपालिका २, शैलुङ घर भई हाल अमेरिकामा रहनुभएका प्रेम गुरुङले यसअघि ‘मेरो शैलुङ गाउँ’ नामक गीति भिडियो समेत सार्वजनिक गरिसक्नुभएको छ ।

प्रेम गुरुङले आफ्नो जन्मदिन न्युयोर्कमा मनाउने र उक्त दिन आफ्नो गुरुङ गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक गर्ने तयारीमा रहेकै बेला नेपालमा कोरोनाका करण धेरै नेपाली पीडित भइरहेकाले आफ्नो जन्मदिनमा कुनै औपचारिक कार्यक्रम नगरी गीतमात्रै रिलिज गरेको बताउनुभयो ।

‘देश रोएको बेला म कसरी खुशीयाली मनाउन सक्छु । बरु जन्मदिनको औपचारिक कार्यक्रममा गरिने खर्च काठमाडौको जोरपाटी स्थित अनाथ आश्रम CWEAF Nepal लाई पठाएको छु’ उहाँले भन्नुभयो ।