रक्तदाताहरुसँग भर्चुअल अन्तरक्रिया

जेठ ३१, २०७८     सुशील बस्नेत



जेठ ३१ गते अर्थात १४ जुन विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङले रक्तदान जीवन दान बिषयक भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
बिश्व रक्त दाता दिवसको अवसरमा शान्ति समाजले लामो समयदेखि रक्तदान गर्दै आएका ब्यक्ति र संस्थागत संघ संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
२६ औ पटक सम्म रक्तदान गरेका घोराही निवासी दुर्गाप्रसाद चौधरीले रगतदान गर्ने कार्यलाई आगामी दिनमा निरन्तरता दिने बताउनुभयो । समाजमा रक्तदान गर्दा शारीरिक रुपमा कम्मोजर भईन्छ भन्ने सोचका कारण अझै रक्तदान गर्ने संख्यामा बृद्धि हुन नसकेको बताउनुभयो ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष नारायण भट्टराईले रगतको अभाबमा कसैले पनि ज्यान गुमान नपरोस् भन्ने उदेश्यले रक्तसञ्चारकेन्द्रमा जेसीजको तर्फबाट युवाहरुको नामावली र सम्पर्क नम्वर राखिएको बताउनुभयो । जसलाई जुन गु्रपको रगत आबश्यक पर्छ उसलाई तत्काल जेसीजमा आबद्ध युवाहरुले रगत उपलब्ध गराउदै आएको बताउनुभयो । अव त्यतिले मात्र पुग्दैन शान्ति समाज जस्तै सक्रिय संघसंस्थाहरुको सञ्जाल बनाई गाउँघरमा समेत रगत संकलन गर्ने अभियान सञ्चालनको खाँचो भट्टराईले औल्याउनुभयो ।
रक्त संञ्चार केन्द्र घोराहीका ठाकुर पौडे्लका अनुसार दाङ यसबर्ष घोराहीमा २३४७ युनिट,लमहीमा २९४ र तुलसीपुरमा १०३४ गरि ३६७५ युनिट रगत ब्यक्ति र संस्थागत मार्फत संकलन गरिएको छ । रगत खपत भने घोराहीमा २३३३ युनिट,लमहीमा ३३३ युनिट र तुलसीप्ुरमा ९२९ युनिट भएको उहाँले बताउनुभयो । १८ बर्ष माथि उमेर पुगेका तर ४५ केजी देखि माथि तौल समूहका ब्यक्तिले ३÷ ३ महिना र सोही उमेर समूह र तौल समूह माथिका महिलाले ४ ÷४ महिनामा ३ सय ५० एमएल रगत निकाल्ने गरिन्छ । यो रगत ३५ दिन भित्र खपत गरि सक्नुपर्ने हुन्छ ।
कम्पोनेन्ट ब्लडका लागि भने एक ब्यक्तिबाट ४ सय ५० एमएल रक्त निकाल्नुपर्छ । यो रगतबाट ह्वाईट ब्लड सेल,रेड ब्लड सेल र प्लाज्मा बनाउने गरिन्छ । यसका लागि १८ बर्ष उमेर र ६० केजी समूह माथिको ब्यक्ति हुनुपर्ने हुन्छ । प्लाज्मा ६ महिना र ह्वाईट ब्लड सेल ४२ दिन भित्र खपत गरि सक्नुपर्ने हुन्छ । एकजना ब्यक्तिबाट निकालिएको रगतको कम्पोन्टबाट ३ जनालाई सेवा दिन सकिन्छ ।
रगत संकलनमा ब्यक्तिको तौल,सुगर,प्रेसर,गम्भीर प्रकृतिका रोग भएका बाट नहुने भएकाले चुनौति रहेको रक्त सञ्चार केन्द्र दाङले जनाएको छ ।
रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ केन्द्रिय उपसभापति सुशील बस्नेत,उच्च अदालत बार तुलसीपुरका अध्यक्ष रबिन्द्र धिताल,शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपाली,नेपाल रेडक्रस दाङका सदस्य भीमलाल मरासीनि,अपाङताको तर्फबाट यज्ञ बि.क.लगायतले बोल्नुभएको थियो । समाज दाङका सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य सहसचिब उषा गौतम र सहजिकरण सचिब निर्मला डाँगीले गर्नुभएको थियो ।