युरोकप:स्वीडेनसँग स्पेनको गोलरहित बराबरी

असार ०१, २०७८


काठमाडौँ : युरो २०२० मा स्पेन र स्वीडेनले गोलरहित बराबरी खेलेका छन् । सेभियामा सोमबार राति भएको खेलमा स्पेन र स्वीडेनले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै समूह ई को स्पेनले १ अंक जोडेको छ ।

यस्तै स्वीडेनले पनि एक अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा छ ।