युरोकप:स्विजरल्याण्डलाई हराउदै इटली नकआउट चरणमा

असार ०३, २०७८


काठमाडौं । इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोमामा भएको खेलमा जित निकाल्दै इटाली युरोकप फुटबलको यो संस्करणमा अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली पनि बनेको छ । 

बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।

यससँगै समूह ’ए’ को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । इटालीले २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्याण्डको यो पहिलो हार हो । स्विजरल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।