कोपा अमेरिका:दोस्रो खेलमा पनि ब्राजिलको सानदार जित

असार ०४, २०७८


काठमाडौँ : कोपा अमेरिकामा फुटबलमा ब्राजिलले दोस्रो शानदार जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।

ब्राजिललाई जिताउन एलेक्स सान्ड्रो, नेयमार, एभरटन रिबेईरो र रिचार्लिसनले गोल गरे । पहिलो हाफमा एक गोल मात्रै गरेको ब्राजिलले दोस्रो हाफमा तीन गोल थपेको हो । जितसँगै ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।