कलाकार शोभा त्रिपाठी र फुर्के धागोका मोडल नयन डिसीको लोभलाग्दो ‘केमेष्टी’ भिडियो

असार १४, २०७८


पछिल्लो समय टिकटकमा भाइरल बनेको फुर्के धागो बोलको गीतबाट चर्चामा आएका मोडल नयन डिसी र कलाकार एवं सञ्चारकर्मी शोभा त्रिपाठी अभिनित ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्बजनिक भएको छ ।

टंक तिमल्सिनाको शब्द र संगीत रहेको गीतमा स्वंयम तिमल्सिना र गायिका त्रिपाठीको स्वर रहेको छ । मोडलिङ क्षेत्रमा समेत उतिकै चर्चामा रहेकी कलाकार त्रिपाठीको युटुब च्यानल मार्फत गीत सार्बजनिक गरिएको हो । गीतले माया, प्रेममा भएका जोडीहरुको अजम्बरी मायाका बिषयमा चर्चा गर्न खोजिएको छ ।

त्रिपाठीले यसअघि थुप्रै गीत गाउनुका साथै अभिनय गरिसकेकी छिन् भने मोडल डि.सी. को फुर्के धागो टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । त्यसो त उनले अभिनय गरेका कुन गीत गाउँ’ ‘भाईरल भयो रे’ ‘तिम्रो रुपैले’ चुईकम चपाउँदै’ लगायतका पनि लोकप्रिय भईसकेका छन् ।