म भित्रकाे म

असार २८, २०७८     सुष्मा वस्नेत


म भित्रकाे म खाेज्दै छु आज भाेलि कहि पाउदिन । पाउछु रित्तोपन सिवाय म भित्रकाे म । कति अभागी म त्याे पल याे पल ,त्याे चञ्चलता याे उदासीनता ,त्याे झिलिमिलि याे अन्धकार ,त्याे फराकिलाे स्थान अनि याे साघुराे ठाउँ ,त्यो मधुर मुस्कान अनि मिठाे बाेली याे नाटकीय हाँसाे अनि रुखाे बाेली। सायद भेट्दिन मैले अब कहिले पनि त्याे म भित्रकाे म । त्यो अचेत अवस्थाकाे म मलाई साह्रै प्याराे लाग्छ । जुन बेला कुनै कुराकाे मपन वा मपाइत्व थिएन । निश्छफ र निष्कपट थिए म । मतलब थिएन दुनियाँ काे मतलब थियाे त केवल आफ्नै खुसीको । हावालाई हेर्थे उसैसँग उड्न खाेज्थे,पानीलाई देख्थे उसैसग बग्न खाेज्थे,नदिलाई देख्थे उसकाे घहिराइ नाप्न खाेज्थे डर थिएन कत्ति पनि जिन्दगीको ।न त सकारात्मक कुरा बुझ्थे न त नकारात्मक नै । चाहिन्थ्याे केवल आफ्नै खुसी वास्तै थिएन कसैको । त्यो जिद्दीपन, त्यो फटाहपन, त्यो क्षणिककाे रिस ,ती आशु सबै थिए केवल एकै पल एकै क्षणका ।हराएर जान्थे दर्द अनि पीडा बिलाएर जान्थे आशुका थाेपाहरु केवल एकै निमेषमा । खान मनलागे खाना पाउथे ,नाच्न मन लागे गाना पाउथे ,पढ्न मन लागे किताबको पाना पाउथे नाङ्गो भए नाना पाउथे के राम्रो के नराम्रो थाहा थिएन केही पनि । थाहा थियाे त केवल खुसी आफ्नै खुसी । रुन मनलागे राेइ दिन्थे कराउन मन लागे सकुन्जेल कराइदिन्थे यति गर्दा पनि कसैले केही भनेन केही गरेन त्यसकाे साटाे सबैको आखाकाे नानी बनेर उनै माझ हराइ दिन्थे केवल सबैको प्रिय पात्र बनेर ।अब कहाँ पाउछु म त्यो दिन त्याे पल ती क्षणहरु केवल अल्झिरहेका छन् खाली याद बनेर याद बनेर। आज त म दर्किएर फाटेकाे पहिराे भित्र उम्रीएकाे वृक्ष जस्तै बनेकि छु न त बाहिर आउन सक्छु न त सुक्न नै ।केवल च्यापिएकि छु माटाेकाे ढिस्काहरुले खेप्नै न सकि न सकी त्यो पीडा अनि वेदना । हिसाब थिएन केही कुराकाे गुणासाे थिएन कसैसँग पापी बन्न कहिल्यै जानेन बरु बनेहुला थाेरै स्वार्थी अाफ्नाे खुसीको लागि ।एउटा सानाे चक्लेट पाउँदा पनि संसारकाे सबै खाने कुरा मेरै अगाडि आइदिए जस्तो लाग्ने म अहिले पिजा अनि वर्गर टेबुल अगाडि आइपुगदा पनि केही नपाए जस्तो केही नभए जस्तो आभाष हुन्छ ।संसारकाे सबैभन्दा बलवान् लाग्ने मेरा बाबा अनि संसार कै सबैभन्दा राम्री र प्यारी मेरी आमा ठान्ने म आज ती बाबा आमा कै खुसी अनि दुखहरुमा सामेल हुन सकेकी छैन ।हजुरसँग कहिल्यै टाढा हुदैन भनेर बाचा गर्ने म अहिले चाहेर नि नजिकिन सकेकी छैन ।एकछिन आमाकाे अङ्गालाेबाट टाढा हुदा राेएर दुनियाँलाई कायल पार्ने म अहिले त्यहि बाबा आमा बिरामी हुँदा सङ्गै बसेर पानीको प्यास साेध्न सकेकी छैन ।म त नराम्ररी परिवर्तन भएछु ।अब कहाँ पाउनु मैले म भित्रकाे म। जब म आकाशमा सबै ताराहरु गनेर भ्याउने गरि १,३,५,१०,१२,7,२०भन्दै आगनमा उफ्रिएर जुन मामासँग थाल कचाैरा मागी रहेकी हुन्थे ।त्याे बेला कसैले मलाई पागलकाे उपमा दिएनन् बरु मेराे खुसीमा सामेल हुदै नानुकाे जुन मामा देखाइरहनु भयाे मेराे परिवार ।आगनमा लडिबुडी गर्दै उफ्रदै हजुर बा काे न्यानाे काखमा स्वर्गकाे अनुभुती पाउँदा संसारकाे भाग्यमानी नातिनी अाफुलाई ठान्ने म आज आज त्यहि संसारबाट दिक्दारी झेल्नुपर्दा कहाँ पाउनु मैले मेराे प्याराे हजुर बाकाे त्याे न्यानो स्पर्श सहितकाे अङ्गालाे । जब म एक्लै आफैले आफैसँग कुरा गर्दै मुस्कुराउथे त्याे बेला कसैले मसँग प्रश्न गरेन एकाेहाेराे बरबराएकाे आराेपमा त्यस्काे साठाे मुस्कुराउदै हेरीरहे मेरा क्रियाकलाप एकनासले । म आमा भनेर ठुलाे स्वरले बाेल्दा के पुगेन मेराे बाबालाई भनेर दाैडनुहुन्थ्याे मेरी हजुरआमा अब कहाँ पाउनु मैले त्याे न्यानाे माया ।अब त दुनियाँ मिठाे स्वरमा बाेलाउदा पनि झर्किएकाे उपमा दिदै रुखाेपनकाे तक्मा भिराई दिन्छ छुचाेपनकाे माला लगाई दिन्छ । त्यसैले हराइ सके झैँ लाग्छ मलाई म भित्रकाे म । अाकाशमा बादल हिड्दा बादल छुन खाेज्ने म पानीमा माछा पाैडिएकाे देख्दा माछालाई पाैडिएर जित्ने सपना देख्ने म ,आकासकाे बादललाई देख्दा समाएर हातमा राख्न तम्सिने म ।आज भाेलि आफ्नै सामु अनेक कुरा पाउँदा पनि कुनै कुरासँग प्रतिस्पर्धा गर्नसक्ने आट छैन मेराे जाेस हराएछ मेराे जाँगर मरेछ मेराे सायद त्याे पनि म भित्रकाे म हराएर हाेला । आकास किन निलाे छ यसलाई कस्ले छुन सक्छ ,माया किन लाग्छ,नङ काटे पलाउछ हात काटे किन पलाउदैन,सबै कुरा पाक्छ तर कपालकाे राैँ किन पाक्दैन ,आकाशमा ताराहरु कति वटा छन भन्दै उट्पट्याङ प्रश्नले सबैलाई हैरान गर्ने म आज आज आफ्नै सामु अनेक समस्या तेर्सिदा पनि कसैलाई एउटा पनि प्रश्न गर्न मन लाग्दैन केवल आफै भित्र पिराेलिन गुम्सिन र रुन मात्र मनलाग्छ सायद समयसँगै म बदलिएर हाेला । ती खेलाैना बाेक्ने साना हातमा जिम्मेवारी आएकाे छ,दाैडिएर नाच्ने खुट्टाहरुमा लगाम लागेकाे छ,धैर्यता नभएको वचपनमा धैर्यता थपिएको छ,त्याे मिठाे अनि ताेते बाेलीमा परिपक्वताकाे निसान देखिएको छ,प्रश्न गर्ने अधिकार प्राप्त म मा उत्तर दिनु पर्ने जिम्मेवारी थपिएको छ,अचेतन मस्तिष्कमा केहि प्रतिशत चेतना थपिएको छ,सायद त्यहि भएरै हाेला म भित्रबाट त्याे मेराे मानसपटलमा झल्झल्ति याद आइरहने भुल्नै नसकिने मेराे वचपनकाे म भित्रकाे म हराएको छ।