ह्वाइट हाउस बाहिर प्रदर्शन : ‘बाइडेन तिमीले धोका दियौ’

साउन ३२, २०७८     सम्पूर्ण कुरा


अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रपति बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको भन्दै अफगान नागरिकहरूले उनीविरुद्ध प्रदर्शन गरेको समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौ ।  यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएका छन् । 

आइतबार तालिबानले राजधानी काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो । 

अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ भित्रै आफ्ना सबै सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने नीति लिएपछि तालिबान सक्रिय बनेको हो । धमाधम अमेरिकीसहित बाह्य सेनाले अफगानिस्तान छोड्न थालेपछि तालिबानले विभिन्न प्रान्तलाई नियन्त्रण लिने अभियानलाई तीव्रता दिएको थियो ।

तालिबान आइतबार काबुल प्रवेश गरेपछि राष्ट्रपति अशरफ घानीले देश छोडेका थिए ।