नेपालको टी-२० वरीयता खस्कियो

भदौ १७, २०७८


भदौ १७, नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीको नयाँ वरीयताअनुसार नेपाल टी-२० वरीयतामा एक स्थान तल झर्दै १३औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल टी-२० वरियतामा १२ औं स्थानमा थियो । एकदिवसीय वरीयतामा भने नेपाल १६ औं स्थानमा छ ।

वैशाख पहिलो साता त्रिदेशी कप खेलेयता नेपाली टिमले कुनै पनि खेल खेलेको छैन। टी-२० वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ । अस्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं, श्रीलंका नवौं र बंगलादेश दसौं स्थानमा छ ।