कांग्रेस अधिवेशनकाे चटाराे, कतै सहमति-कतै चुनावि सरगर्मि

भदौ २०, २०७८     विमल गाैतम


तुलसिपुर २० भाद्र
नेपाली कांग्रेसको १४औँ महाधिवेशनकाे सरगर्मि सुरु भएकाे छ । साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनकाे पहिलाे चरण अन्तर्गत देशैभर वडा तहकाेअधिवेशन सुरु भएको हो ।
कांग्रेसीजनहरुका लागि ठुलाे पर्वकाे रुपमा रहेकाे महाधिवेशनमा वडा तहकाे अधिवेशन सवै भन्दा महत्वपूर्ण मानिन्छ । ५ वर्षका लागि राजनितिक यात्रा तह गर्ने शुरुवाति ठाउ भनेकाे वडा तहकाे अधिवेशन भएको हुदा यसलाई महत्वका साथ हेर्ने गरिन्छ । वडामा रहेका सक्रिय सदस्य संख्याकाे आधारमा वडा अधिवेशन मार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि चुनियपछि मात्र अगाडिकाे राजनितिक यात्रा तय हुने भएकाले पनि वडा अधिवेशन लाई महत्वका साथ हेर्ने गरिएको काग्रेसका युवा नेता सुरेन्द्र वहादुर खडकाले वताउनु भयाे । अधिवेशन अन्तरगत आज मनाेनयन दर्ताकाे कार्यक्रम तय गरिएको छ । सर्व सहमत हुने वडाहरुमा आजै अधिवेशन सम्पन्न हुने तथा सहमति नभएमा भाेलि मतदान हुने कार्यक्रम रहेकाे तुलसिपुर ७ मा खटिएका मतदान अधिकृत रेशम गिरिले जानकारि दिनु भयाे । याे समाचार तयार पार्दा सम्म जिल्लाका धेरै वडाहरुमा सहमति भै सकेका छन भने कुनै वडामा सहमतिकाे प्रयास अझै पनि जारि रहेकाे नेपाली काग्रेस दाङका सचिव शंकर डागिले वताउनु भयाे । यस्तै कुनै वडामा भने २ वटा अलग अलग प्यानल वनायर चुनावि प्रचार प्रसारमा लागि सकेकाे समेत डागिले वताउनु भयाे । डागिले सके सम्म सवैलाई समेटेर सर्व सम्मत अधिवेशन सम्पन्न गर्न नेता कार्य कर्ताहरु लाई आह्वन गर्नु भएको छ । महाधिवेशन पछि लगत्तै स्थानिय तह निर्वाचन , प्रदेश र संघिय निर्वाचन हुने भएको हुदा सके सम्म याेग्य उम्मेदवारकाे छनाैट गर्नु पर्नेमा नेताहरुले जाेड दियका छन । यता नेपाली काग्रेस दाङका सभापति किर्ति वहादुर खडकाले अधिवेशन सम्पन्न गर्न वडा वडामा मतदान अधिकृतहरु पुगि सकेकाे हुदा सभ्य एवम भव्य रुपमा अधिवेशन सम्पन गर्न सहयाेग गर्न नेताकार्यकर्ता हरुलाई आह्वान गर्नु भएको छ । सके सहमति वाट भएन भने प्रजातन्त्रमा विश्वास गर्ने लाेकतान्त्रिक पार्टि भएको हुदा निर्वाचन मार्फत जुझारु नेत्रृत्व चयन गर्न आम क्रियाशिल सदस्यहरुलाई आग्रह गर्नु भएको छ । यस्तै नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपक गरिरिले काग्रेसका क्रियाशिल सदस्यहरुका लागि याे महाधिवेशन ठुलाे पर्व भएको भन्दै यसलाई मर्यादित,सभ्य एवम भव्य रुपमा सम्पन्न गर्न आग्रह गर्नु भएको छ । उहाले याे अधिवेशनलाई जित र हारकाे रुपमा नलियर याेग्य र सक्षम व्यक्तिहरुलाई निर्वाचित गर्न सवैमा आग्रह गर्नु भएको छ । साथै गिरिले याे अधिवेशन भनेकाे आफ्नै पार्टि भित्रकाे साथिहरु विचकाे प्रतिस्पर्धा भएको हुदा शालिन र भद्र भएर प्रतिस्पर्धा गर्नु पर्ने वताउनु भयाे । उहाले अस्वस्थ प्रतिस्पर्धा भएमा साथिहरुका विचमा मनमुटाव वढने र त्यसले सिङाे पर्टि र निर्वाचनमा असर पार्ने भएको हुदा स्वस्थ प्रतिस्पर्धा मार्फत नेत्रृत्व चयन गर्न सवैमा आग्रह गर्नु भयाे ।