मैत्री खेलमा भारतसँग नेपाल २-१ ले पराजित

भदौ २०, २०७८


नेपाल-भारतबीचको दोस्रो मैत्री अन्तर्राष्ट्रिय फुटबल खेल भारतले जितेको छ । प्रतिस्पर्धात्मक खेल भारतले २-१ अन्तरले जितेको हो । 

दुबै टोलीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा भने तीन गोल भयो । 

भारतले खेलको ६२औं र ८०‍औं मिनेटमा गोल गरेको हो । उसको लागि फारुकहाजी कासम चौधरीले पहिलो गोल गरे । यस्तै दोस्रो गोल कप्तान सुनिल क्षेत्रीले गरे ।

यसअघिका अवसरहरूमा गोल गर्न नसकेको नेपालका लागि ८७औं मिनेटमा तेज तामाङले गोल गर्दै बराबरीको सम्भावना कायमै राखे । तर खेलको बाँकी समयमा गोल थप्न नसक्दा भारत खेलमा २-१ अन्तरले विजयी भएको हो । 

यसअघि बिहीबार भएको नेपाल-भारतको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।