तीजबारे यसो भन्छिन् करिश्मा मान्धर

भदौ २४, २०७८


चाडपर्वहरू मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरूको महान् पर्वको रूपमा लिइन्छ । भाद्र शुक्ल तृतीया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरूको धर्म र संस्कृति बोकेको छ । विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत बस्छन्। त्यस्तै विवाह नभइसकेका महिलाले भने आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्छन्। पछिल्लो समय तीजको विशेषता फेरिएको छ । तीजगीतहरु गाउँ भन्दा सहर केन्दि«त भए र फेसन र फेन्सी बढी भयो भन्ने आरोप छ । सबैजना आफनो आफनो सोचाई र मूल्यमान्यता रहिआएको छ ।

करिश्मा मानन्धरले भनिन् – “मेरो लागी तीज भनेको भव्य हुनुपर्छ भन्ने होइन म साधारण तरिकाले तीज मनाउँनेमा पर्छु मेरो लागी हरेक दिन तीज ।” मैले पनि आफनो क्षमताले भ्याएसम्मको कोसिस गरेर तीज गीत बनाए चार लाख खर्च गरे तर त्यहाँबाट आउने त एक सय डलर न हो ! तर हामीले जानेको कुरा चाहीँ देखाउनु पर्छ चाहे सानो माध्यम होस या ठुलो माध्यम होस । तिज फेसन र फेन्सीमा जोडिएका छ भन्ने छ नि प्रश्नमा उनले भनिन्- ‘मलाई पनि अच्चम लाग्छ कत्ति जनाको फोन आउँछ आइदिनु भन्नुहुन्छ आएर केही बोलिदिनु भन्नु हुन्छ केही व्यक्तवहरुले म किन जाने मैले आज सम्म तीज त्यसरी मनाएको नै छैन ।’ म आफनो दैनिकी आफनो युट्युबमा हालिरहेको हुन्छ आफनै कामहरूमा व्यस्त रहन्छु । विगत वर्षमा जस्तै उसपाली पनि साधारण तरिकाले तीज मनाउँछु । उनले थपिन- “हलहरू बन्द थियो अब खुल्यो खुल्ने बित्तिकै सिनेमा आउनेका होइन आर्थिक रूपमा उकासिन् पर्‍यो लोनहरू होला यसलाई तिर्न पर्‍यो त्यही न हो । अब अहिले तीज मनाउ सबै भन्दा ठुलाकुरा मनको सुन्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ ।”