गीतसंगीतमै व्यस्त हिमाल सागर

भदौ ३१, २०७८


गायक हिमाल सागरले निरन्तर नयाँ नयाँ गीतहरु बजारमा ल्याइरहेका छन् । उनका नयाँ गीतले बजारमा औषत चर्चा पाएपनि उनी यो क्षेत्रमा नै सक्रिय छन् । उनै, हिमालको स्व र संगीतमा समावेश ‘एकादेशको कथा’ बोलको गीत सार्वजनिक भएको छ । श्याम पराजुलीको शब्द रहेको यो गीतको भिडियोको छायांकन अमेरिकामा गरिएको छ ।

२ घन्टा विमानस्थल नै होल्ड गरेर चलचित्रको छायांकन गरिएको निर्माणटिमले जानकारी दिएको छ । यो गीतको भिडियोमा पूर्ण लम्सालको साथमा लक्ष्मी ओलीलाई फिचरिङ गरिएको छ । प्रविन मानन्धरको सम्पादन रहेको भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् । यमुना लम्साल प्रस्तुतकर्ता रहेको भिडियोलाई बिष्णु मैनालीले बनाएका हुन् ।