तुलसीपुरमा खुल्यो आधुनिक पार्लर र बेकरि क्याफे ।

असोज ०२, २०७८     शरद रेग्मी


अशोज,२ तुलसीपुरमा आधुनिक पार्लर सन्चालनमा आएको छ । बिश्वकर्मा बाबाको पुजाको दिन पारेर ख लाईन स्थित
लोकप्रिय युनिसेक्स सैलुन एन्ड लोकप्रिय बेकरी एन्ड क्याफेको एक कार्यक्रमका बिच उदघाटन गरियको हो ।
पार्लर र बेकरी क्याफेको सयुक्तरुपमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले एक कार्यक्रमका बिच रिवन काटेर समुदघाटन गर्नुभएको थियो ।
तुलसीपुरमा अहिले सम्मकै आधुनिक पार्लर सन्चालनमा आएपछि सेवाग्राहिहरु खुसि भएका छन ।
पार्लरमा लेडिज तथा जेन्सलाई आबश्यक पर्ने सेवाहरु प्रदान गर्न काठमाडौं र बुटवलका दक्ष जनशक्तिहरु ल्याईएको लोकप्रिय युनिसेक्स सैलुन एन्ड लोकप्रिय बेकरी क्याफेका सन्चालक घनश्याम डागिले जानकारी दिनुभयो ।
हेयर कटिङ, फेसिएल,हेयर कलर, हेयर केराटिन, नेल आर्ट, मेनिकेर, पेडिकेर साथै पार्लर सम्बन्धि सेवाहरु सन्चालनमा ल्याईएको हो ।जिल्लामै पहिलो पटक तुलसीपुरमा सुबिधा सम्पन्न एसि सहितको सैलुन र बेकरी क्याफे करिब ५० लाखको लगानीमा सुरु गरिएको छ ।
हाम्रो तर्फबाट ब्यबसायिक सफताको शुभकामना