सरकारबाट मानपदवी पाउने कलाकारहरु

असोज ०४, २०७८


नेपाल सरकारले प्रदान गर्ने मानपदवी, अलंकार र पदकबाट नेपाली चलचित्र र संगीत क्षेत्रका विभिन्न व्यक्तिहरुलाई पनि विभूषित गर्ने घोषणा गरेको छ । सरकारले प्रबल जनसेवाश्रीबाट चलचित्र क्षेत्रतर्फ रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, नवल खड्का, दीपाश्री निरौला र प्रकाश घिमिरेलाई विभूषित गर्ने भएको छ भने अभिनेत्री गौरी मल्ल सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएकी छन् ।

त्यस्तै, अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, निर्देशक मिलन चाम्स, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झाले जनसेवाश्री पदक पाउने भएका छन । यही पदक गायक हेमन्त शर्मा, गायक तथा नायक प्रकाश सपुत, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, हास्य कलाकार कमल गाउँले, शिवशंकर रिजाल, नृत्यांगना तेरिया मगर र गायिका राधिका हमाल पनि पाउनेछन् ।

सरकारले संगीततर्फ प्रबल जनसेवाश्रीबाट विभूषित गर्ने सूचीमा दाहोरी गायक चन्द्रप्रसाद शर्मा, दाहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, दाहोरी गायिका विष्णु माझी र संगीतकार कस्तुप पन्तलाई विभूषित गर्ने भएको छ । सरकारले स्वर्गीय गायक नारायण गोपाललाई महाउज्वल राष्ट्रदीप र गीतकार कालीप्रसाद रिजाललाई सुप्रबल जनसेवाश्रीबाट सम्मान गर्ने घोषणा गरेको छ ।