परराष्ट्र मन्त्री डा. खड्काले लिए पद तथा गोपनीयताको सपथ

असोज ०६, २०७८


असोज ६, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।सरकारले बुधबार बिहान डा. खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेको थियो । मन्त्री खड्काले परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै छन् ।