अभिनेत्री प्रियंका कार्कीले जन्माइन् छोरी

असोज ०६, २०७८


असोज ६, अभिनेत्री प्रियंका कार्कीले छोरी जन्माएकी छन् । उनले आज बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत छोरीको जन्म भएको जानकारी दिएकी हुन् । फेसबुकमा उनले पति आयुष्मान देशराज जोशीसँग छोरी बोकेको तस्बिर सार्वजनिक गर्दै ‘सानी परी’लाई स्वागत भनेर उल्लेख गरेकी छन् ।

‘हाम्री सानो परी, तिमीलाई संसारमा स्वागत, हाम्रो जीवनमा स्वागत छ, उनले फेसबुकमा लेखेकी छन् । उनले छोरीका लागि चयन गरिएको नाम ‘आयंका कार्की जोशी’ पनि फेसबुकमा उल्लेख गरेकी छन् । प्रियंका र आयुष्मानबीच २०७६ फागुन १५ मा विवाह भएको थियो ।