ज्योति लाईफ ईन्सुरेन्सले गर्यो ५४ लाख हस्तान्तरण
तुलसीपुर, अशोज ७ । ज्योति लाईफ ईन्सुरेन्सले तुलसीपुर निवासी रोमकान्त पाण्डेकि श्रीमती स्वर्गिय गगादेबि पाण्डेको निधन पश्चात ५४ लाख हस्तान्तरण गरेको छ । गगादेबि पाण्डेले जिवन बिमा गरे बाफत उहाको निधन पश्चात बिहिबार एक कार्यक्रमका बिच ज्योति लाईफ ईन्सुरेन्सले ५४ लाख ५८ हजार २३ सय ३३ रुपैयाको चेक पाण्डेको परिवार लाई हस्तान्तरण गरेको थियो । स्वर्गिय पाण्डेले २०७६ सालमा ५० लाखको जिवन बिमा गराउनु भएको थियो । उहाको २०७८ साल जेष्ठ ३ गते असामयिक निधन भएको थियो ।
सो अबसरमा ज्योति लाईफ ईन्सुरेन्सका रिजनल म्यानेजर मोहन पुरिको अध्यक्षता एवम तुलसीपुर उधोग बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यमा भएको चेक हस्तान्त्रण कार्यक्रममा तुलसीपुर शाखा प्रमुख कमल सिह खडका, बाणिज्य सघका महासचिब बिनिल केसि, कोषाध्यक्ष देबबहादुर केसि,नेपाल पत्रकार महासघ दाङका कोषाध्यक्ष शरद रेग्मी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा गगादेबि पाण्डे परिवारले ज्योति लाईफ ईन्सुरेन्सलाई धन्यवाद ज्ञापन गरेको थियो ।