दाङ जिल्लामा ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइने

असोज ०७, २०७८


असोज ७, दाङ जिल्लामा ४५ वर्ष माथिका नागरिक र कक्षा १२ को परीक्षार्थीलाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको छ । यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तुलसीपुर, शान्तिनगर, बबई, दङ्गीशरणमा यही असोज ९ र १० गते र घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली, राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ ।

यो पटक जिल्लामा घोराही आठ हजार ८८१, तुलसीपुरमा सात हजार ९८८, लमहीमा दुई हजार ६८७, बङ्गलाचुलीमा एक हजार ३२३, बबईमा एक हजार ५११, दङ्गीशरणमा एक हजार १९७, गढवामा दुई हजार १५८, राजपुरमा एक हजार ३८२, राप्तीमा दुई हजार २८८ तथा शान्तिनगरमा एक हजार ४०६ जनालाई खोप लगाइने छ ।