खुला फुटबल प्रतियोगिता सनिवार देखि सुरु हुदै

असोज ०८, २०७८     लक्ष्मण बस्नेत


असोज ८ तुलसीपुर दाङ
दाङ तुलसिपुरको टरिगाउमा भोलि सनिवार देखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु हुदैछ ।
टरिगाउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालन गरिन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन दुउसो दुई बजे हुनेछ । उद्घाटन खेलमा आयोजक टरिगाउ युवा क्लब र रोयल बिजौरी भिड्ने भएका छ्न! खेल दिउँसो साढे दुई बजे देखि सुरु हुनेछ !
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिम को सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरे ले जानकारी दिनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर १२ मा रहेको टरिगाउ खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ !
प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ! त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न ! त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिने छ ! यसैबिच आयोजक ले सनिवार दिउसो हुने प्रतियोगिता उद्घाटन समारोहमा उपस्थिति का खेलप्रेमी,खेलाडी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ !