मन्त्री छान्न माओवादी बैठक बस्दै
असोज २०, २०७८
असोज २०, नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउने छ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विभिन्न विभाग, आयोग, मञ्च लगायतको पूर्णता दिने बारे छलफल हुने बताए ।






