दोस्रो दाङ भ्याली खुला क्रीकेटमा आज सेमिफाइनलका खेल हुँदै

असोज २७, २०७८



लक्ष्मण बस्नेत
असोज २७ दाङ
दाङको तुलसिपुरमा जारी दोस्रो ईन्टर दाङ भ्याली टि- २० क्रीकेट च्याम्पियनसिप आज सेमिफाइनलका खेल हुदैछन् ।
डि भि सि सि दाङको आयोजनामा तथा पार्टी फ्लो रेस्टुरेन्ट तुलसिपुरको मुख्य प्रायोजनमा महेन्द्र माबी खेलमैदान तुलसिपुरमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एन सि ए घोराही र टि एस सि तुलसिपुर भिड्नेछन् । खेल अहिले बिहान ९ बजे देखि सुरु हुनेछ ! त्यस्तै दोस्रो सेमिफाइनलमा वाई ओ टि तुलसिपुर र टि सि ए तुलसीपुर आमनेसामने हुनेछ्न् । खेल दिउँसो १ बजे हुने आयोजक क्लबका अध्यक्ष आभाष बुढाथोकीले जानकारी दिनु भएको छ ।
पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डि भि सि सी ले जिल्ला मा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रीकेट च्याम्पियनसिप को आयोजना गरेको बताएको छ ! प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ! प्रतियोगिता मा जिल्लामा स्थापित क्रीकेट क्लबका ११ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट ब्याट्सम्यान,बेस्ट बलर,वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडी लाई पुरस्कृत गरिने उपाध्यक्ष सागर देवकोटाले जानकारी दिनु भएको छ ।