ए डिभिजन लिगको मिति सर्‍यो

कार्तिक २६, २०७८


कात्तिक २६, अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगताको मिति सारेको छ । एन्फाले लिगको मिति ४ दिन पछि सारेको हो । कात्तिक २९ गतेबाट सुरु हुने भनिएको लिग अब मंसिर ३ बाट सुरु हुनेछ । यसैगरी यो पटकबाट ए डिभिजन लिग सप्ताहन्तमा मात्र आयोजना हुने भएको छ ।

क्लबहरुको आग्रहमा एन्फाले लिग सातामा तीन दिन मात्र गराउने निर्णय गरेको हो । विदेशी लिगहरु जस्तै अब सहिद स्मारक ए डिभिजन लिग शुक्रबार, शनिबार र आइतबार मात्र आयोजना हुनेछ । ए डिभिजन लिग दोस्रो पटक सप्ताहन्तमा हुन लागेको हो । यसअघि २०५२ मा पनि लिग सप्ताहन्तमा भएको थियो । १४ टिम सहभागी लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । उद्घाटन खेल फ्लर्ड लाइटमा हुनेछ ।

अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुनेछ । लिग पोखरा रंगशालासँगै दरशद रंगशाला, च्यासल मैदान, एन्फा कम्प्लेकस र दरशथ रंगशालामा आयोजना हुँदैछ । करिब चार महिना चल्ने लिगमा १३ राउन्डमा कुल ९१ खेल हुनेछ । लिगको विजतोले ७५ लाख र उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै तेस्रो हुने टिमले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।