तुलसीपुर ९ मा नेकपा एमाले संगठन कमिटिकाे वैठक सम्पन्न ।

मङि्सर ०४, २०७८


नेकपा एमालेकाे दशाैं महाधिवेशनकाे तयारीकाे सन्दर्भमा तुलसीपुर वडा नं ९ मा संगठन कमिटिकाे वैठक सम्पन्न भएको छ । वडा कमिटिका अध्यक्ष मुक्ति प्रसाद भट्टराईकाे अध्यक्षता एवम् जिल्ला कमिटि सदस्य संगीत बस्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले नगर कमिटि सदस्य वामदेव न्याैपानेकाे संयाेजकत्वमा ७ सदस्यिय महाधिवेशन यात्रा तयारी समिति गठन गरिएकाे छ । महाधिवेशनमा वडा नम्बर ९ बाट २ वटा बसमा १०० जना कमरेडहरु सहभागी हुने तयारी छ । वैठकमा जिल्ला कमिटि सदस्य रामवरण वैश्य, जिल्ला सल्लाहकार लाल बहादुर गिरी , नगर कमिटि सदस्यहरु वामदेव न्याैपाने, देवेन्द्र केसी, कल्पना भुसाल लगाएतले आफ्नाे धारणा ब्यक्त गर्नुभएकाे थियाेे । वडा कमिटिका उपाध्यक्ष शालिकराम न्याैपानेकाे स्वागत मन्तव्य बाट सुरु भएकाे वैठककाे सञ्चालन सचिव खगेन्द्र वलीले गर्नुभएकाे थियाे ।