प्युठानमा काँग्रेसको मतगणनास्थलमा गोली चल्यो, झडपमा प्रहरीसहित ७ जना घाइते

मङि्सर ०७, २०७८     सम्पूर्ण कुरा


नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको  जनाइएको छ ।

मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा काँग्रेस कार्यकर्ता र  प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लेखनाथ जिसीले बताए ।

 प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथै सात सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । यद्यपि गोली कसैलाई लागेको छैन ।

यसैबीच झडपका क्रममा दुई  प्रहरी सहित कम्तिमा ७ जना घाइते भएका छन्।   अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।