देशलाई सही दिशा दिन छिटोभन्दा छिटो ताजा जनादेश जानुपर्छ : ओली

मङि्सर १७, २०७८


मंसिर १७, एमाले अध्यक्ष केपी ओलीले छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने धारणा व्यक्त गरेका छन् । आज शुक्रबार दिउँसो थापाथलीस्थित पार्टी कार्यालयमा अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा पत्रकारलाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकारबाट देश नचलेको बताउँदै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्नेमा जोड दिएका हुन् ।

उनले अहिले हरेक क्षेत्रलाई निकम्मा बनाएर लोकतन्त्र भत्काउने काम भइरहेको बताए। उनले पाँच दलीय गठबन्धनले गर्दा अहिले अदालतमा समस्या आएको आरोप ओलीले लगाए। उनले गठबन्धनले अदालतको हुर्मत लिएकाले राज्यका प्रमु तीनै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका निकम्मा बन्न पुगेको दाबी गरे । पार्टीबाट निकालिएका व्यक्तिले सरकार चलाइरहेको भन्दै उनले आश्चर्य व्यक्त गरे ।

लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने सरकार मुलुकले चाहेको छ । अब ताजा जनादेशबाट मात्र समस्याको समाधान निस्कन सक्छ, उनले भने, एमालेको दसौं महाधिवेशन भव्यतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यसबाट आत्मविश्वास बढेको बताए। महाधिवेशनले तय गरेका लक्ष्य पूरा गर्न पार्टी अघि बढ्छ, उनले भने, महाधिवेशन अनेक कोणबाट अत्यन्त सफल भएको छ । महाधिवेशनमा लोकतान्त्रिक अभ्यास, सहमतिका अभ्यास, सर्वसम्मतिका अभ्यास र निर्विरोधका अभ्यास सबै भए । उनले अब देशलाई सही बाटोमा हिँडाउन एमाले अग्रसर हुने पनि बताए।